सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटना बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो ।
मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।
अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीलाई दिउँसो १२ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
टिपर चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया