एसईई २०८२ का लागि रजिस्ट्रेसन फाराम बुझाउने म्याद थप
मेरोन्यूज
२०८२ जेठ ११ गते १५:३१

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोतिमी, भक्तपुरले एसईई २०८२ मा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि रजिस्ट्रेसन फाराम बुझाउने म्याद थप गरेको छ। अब विद्यार्थीहरूले २०८२ जेठ ३० गतेसम्म रजिस्ट्रेसन फाराम बुझाउन सक्नेछन्।
यसअघि वैशाख ११ गते प्रकाशित सूचनामा निर्धारण गरिएको म्यादमा विविध कारणले विद्यार्थीहरूले फाराम बुझाउन नपाएको भन्ने गुनासो आएपछि बोर्डले समय थप गरेको हो। विद्यालयले फाराम संकलन गरी २०८२ असार ८ गतेभित्र आफ्नो जिल्ला अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्नेछ। फाराम बुझाउँदा शुल्क बुझाएको भौचरको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ।
बोर्डले यसअघि २०८२ जेठ ८ गते प्रकाशित गरेको सूचनामा उल्लिखित अन्य सबै शर्तहरू यथावत् रहने जनाएको छ।

सम्बन्धित









प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया