गभर्नर पाैडेलले गरे गुणाकर भट्टको सरुवा

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरेका छन् । गभर्नर बन्ने संकेत मिलेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नर पौडेलले उनको सरुवा गरेका हुन् । भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा गरिएको हो । राष्ट्र बैंकको यो कार्यालय प्रकाश श्रेष्ठले सम्हाल्दै आएका थिए । अहिले राष्ट्रिय योजना आयोगको सदस्य रहेका श्रेष्ठको अवकाश पनि भइसकेको छ । श्रेष्ठले अवकाश पाएसँगै भट्टलाई उक्त कार्यालयको जिम्मेवारी दिइएको हो ।
केही महिनाअघि गभर्नरको दौडका क्रममा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । उक्त राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्कीकृत नगर्दा भट्ट गभर्न बन्न रोकिएका थिए । कांग्रेस र एमालेबीच गभर्नरमा भट्टलाई लैजाने सहमति भएपछि ढुंगानाले उनको राजीनामा अस्वीकृत गरेकी हुन् । गभर्नरको दौडमा रहेकी ढुंगानाले आफ्नो प्रतिस्पर्धा घटाउनकै लागि भट्टको राजीनामा अस्वीकृत गरेकी थिइन् ।
भट्टको राजीनामा अस्वीकृतसँग गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएको थियो । त्यही क्रममा भट्टको विकल्पमा पौडेल गभर्नर नियुक्त भएका हुन् । पौडेलले भट्टलाई बलियो सहयोगीको रूपमा अगाडि सार्न खोजेका छन् । राजीनामा अस्वीकृत भएपछि अमेरिका गएका भट्टले आधिकारिक रूपमा सार्वजनिक धारणा भने व्यक्त गरेका छैनन् ।









अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
UML central committee to have 301 members
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया