शनिबार, वैशाख १९, २०८३

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

मेरोन्यूज २०८२ मंसिर २५ गते २१:०८

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आउनुभएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए ।

Advertisement
NiccNicc

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे ।

राईका अनुसार १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो । राईले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भने, “म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।”

प्रतिक्रिया