दोस्रो मल्टी–ब्रान्ड डिलरसिपसहित स्टेलान्टिस नेपालमा

काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिअन्तर्गत, स्टेलान्टिसले नेपालमा आफ्नो दोस्रो डिलरसिप सञ्चालनमा ल्याएको छ ।
यो डिलरसिप गोल्छा अर्गनाइजेसनअन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्स प्रालिद्वारा सञ्चालित हुनेछ । नयाँ प्रिमियम सोरुम काठमाडौंको उत्तरढोकामा अवस्थित छ, जहाँ सिट्रोएन, लिपमोटर र प्युजो ब्रान्डका गाडीहरू एउटै छानामुनि उपलब्ध हुनेछन्, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डिलरसिपको औपचारिक उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला, सांग्र्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छा र नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालको उपस्थितिमा सम्पन्न भयो ।
उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी शैलेश हजेलाले भने, “नेपाल हाम्रो अपरेसनको रणनीतिक बजार हो । हामी सांग्र्रिला मोटर्ससँगको सहकार्यमा नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान प्रदान गर्न पाउँदा निकै उत्साहित छौँ । यो नयाँ सोरुममार्फत स्टेलान्टिसले नयाँ पुस्ताका विद्युतीय सवारीसाधनसहित नवीनतम प्रविधि र विश्वप्रसिद्ध ब्रान्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।”
सांग्र्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाले भने, “यो नयाँ सोरुम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो । सिट्रोएन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौँ भन्ने विश्वास लिएका छौँ । यस विस्तारले ग्राहकको विश्वास र ब्रान्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ ।”









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया