निकिताको आक्रोश- अदालतले न्याय दिएन अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल बुटबलको सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले दिएकाे आदेशमा स्तब्ध र आक्रोशित बनेकी छन्।
गएकाे शुक्रबार करिब २ बजे बहस सकिएपछि पौडेल आदेशको प्रतीक्षामा थिइन्। झन्डै ७ घण्टा लामो प्रतीक्षापछि पनि अदालतले आधिकारिक जानकारी नदिएको उनको भनाइ छ।
प्रवक्ता आदेश सुनाउन भन्दै कार्यकक्षबाट निस्किएपछि नफर्किएको र पत्रकारमार्फत बाहिर ‘नेगेटिभ समाचार’ आएको जानकारी पाएपछि मात्रै आफूलाई फैसलाको बारेमा थाहा भएको उनले बताएकी छिन्। “म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार,” उनले आक्रोश व्यक्त गरिन्।
पौडेलले अदालतले न्याय मात्र नभएर मानवीय व्यवहार पनि नगरेको गुनासो गरेकी छिन् । “अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश!” उनले लेखेकी छिन्।
फैसलाको भोलिपल्ट (शनिबार) भैरहवा जानुपरेको र आफू जिउँदो लास भएर हिँडेको अनुभव उनले सुनाएकी छिन्। “अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला। कसरी उहाँको अगाडि पुगें, थाहा छैन। सायद जिउँदो लास भएर हिंडेछु।”
उनले आफ्नो श्रीमानविरुद्ध कुनै प्रमाण नहुँदा पनि मुद्दा लगाइएको र नियत राखेर थुनिएको आरोप लगाएकी छिन्। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको भन्दै उनले अब न्याय माग्न कहाँ जाने भनी प्रश्न गरेकी छिन्।
“गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!”

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया