गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिएका छन् ।
काँग्रेस शिक्षा विभागले आज यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उनले शिक्षा नै महत्त्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धतासमेत जनाए ।
सभापति देउवाले सबै आमाबाबुको इच्छा छोरा छोरीलाई राम्रो शिक्षा दिने भएकाले त्यो पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने धारणा राखे । उनले शिक्षा सभ्यता पनि भएकाले यसले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउने पनि सभापति देउवाको भनाइ थियो ।
विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए ।










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया