गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले गरे संसद् अवरोध
मेरोन्यूज
२०८२ जेठ १३ गते ११:४९

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिए ।
विपक्षी दलका तर्फबाट बाेल्दै माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद संचालन हुन नदिने बताए।
‘यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रसस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौं,’ पुनले भने, ‘तर, यति गम्भीर विषय उठेपछि स्वं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस्।’
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया