चिनियाँ रासायनिक कारखानामा भयानक विष्फोट

पूर्वी चीनको एक रासायनिक कारखानामा मङ्गलबार भएको ठूलो विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जनाएको छ । चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको शान्दोङ प्रान्तको गाओमी शहरमा अवस्थित युदाओ केमिकल प्लान्टमा स्थानीय समयअनुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो । बेइजिङबाट प्रकाशन हुने पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारण गरिएको भिडिओमा आकाशमा धूलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ। भिडियो क्लिपमा सडकको छेउछाउमा भग्नावशेष छरिएको, झ्यालहरू फुटेको कार र पृष्ठभूमिमा रहेका घर तथा भवनहरूलाई प्रभावित पार्ने खालको सुन्तला रङ्गको ठूलो आगोको लप्को पनि देखाइएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपतकालीन सेवाका लागि ५५ वटा सवारी साधन र २३२ जना पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ । चिनियाँ अनलाइन मिडिया द पेपरका अनुसार ४७ हेक्टर (११६ एकड) को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशकहरू उत्पादन गर्दछ र यहाँ करिब ३०० मानिसहरूले काम गर्छन् । यसअघि सन् २०१५ मा बन्दरगाह शहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए। —










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया