गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता कार्यान्वयनमा कांग्रेस दृढः देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिताको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टी दृढ रहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताजस्ता ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै थप प्रगतिशील बनाउन आफूहरूले चाहेको देउवाको भनाइ थियो।
देउवाले आदिवासी जनजाति लगायतका समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यको सुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको तथ्य स्मरण गराए।
उनले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिवद्ध रहेको पनि बताए।
संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप श्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेकोसमेत देउवाले जानकारी दिए।
सभापति देउवाले नेपाली कांग्रेस आदिवासी जनजातिहरूको सशक्तिकरणका लागि सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया