अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो

काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको योगदान घटेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेस गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ अनुसार चालु आर्थिक वर्षमा जिडिपीमा कृषिको योगदान वृद्धि हुने देखिएको हो ।
“चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ । गत आर्थिक वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान २४.७१, उद्योगको १२.९१ र सेवा क्षेत्रको ६२.३८ प्रतिशत थियो । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान उच्च देखिन्छ ।
कृषि, विद्युत् तथा ग्याँस, यातायात तथा भण्डारणलगायतका क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.६७ प्रतिशत थियो ।
आर्थिक सर्वेक्षणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३.३२ प्रतिशत रहने अनुमान छ । त्यसैगरी कोशीको ३.३६, मधेशको ४.५०, बागमतीको ५.१८, लुम्बिनीको ४.७० प्रतिशत र कर्णाली प्रदेशको ४.७४ प्रतिशत रहने अनुमान छ ।
आर्थिक सर्वेक्षणअनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन ३.२८ र गैरकृषि क्षेत्रको उत्पादन ४.२८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३.३५ र गैरकृषि क्षेत्रको उत्पादन ३.३६ प्रतिशतले बढेको थियो । यस वर्ष धानको उत्पादन ४.०४ प्रतिशतले बढ्ने अनुमान छ ।
कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा ९३.७८ प्रतिशत रहेको कुल उपभोग चालु आर्थिक वर्ष ९३.४५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.२२ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष ६.५५ प्रतिशत पुग्ने अनुमान छ ।
आर्थिक वर्ष २०८०/८१ मा कुल स्थिर लगानी ५.२ प्रतिशतले वृद्धि भएकामा चालु आवमा ५.८ प्रतिशतले बढेर रु १४ खर्ब ७० अर्ब १२ करोड पुग्ने अनुमान छ । कुल स्थिर लगानीमध्ये सार्वजनिक क्षेत्रको हिस्सा ३९.१ प्रतिशत र निजी क्षेत्रको हिस्सा ६०.९ प्रतिशत रहेको छ ।
चालु आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) ५.८ प्रतिशतले वृद्धि भइ रु दुई लाख छ हजार ४२४ पुग्ने अनुमान छ । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ४६७ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्षमा एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमी, छिमेकी मुलुकको मुद्रास्फीतिमा आएको कमीलगायतका कारण चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो मुद्रास्फीति ६.०८ प्रतिशत थियो ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया