किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:३६

काठमाडौं। सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन् ।
नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौं रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपालमा रासायनिक मलको कारखाना खोल्ने सन्दर्भमा ‘डिआइएजी इण्डष्ट्रिज जीएमबीएच’ले सम्भाव्यता अध्ययन गरेको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले सोही सम्भाव्यतालाई टेकेर उपयुक्त सुझाव दिन कार्यदल गठन गरेको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया