कृषि मन्त्रालयका लागि ५७ अर्ब बजेट विनियोजन
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:४८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ ।
बिहीबार संसद्को संयुक्त बैठकम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च मूल्यको कृषि बाली पवर्द्धनका लागि सरकारले ८३ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।
सरकारले बाँदर, बँदेललगायतका जंगली जवानको जोखिम रहेका क्षेत्रमा अदुवा, बेसार खेती प्रोत्साहन गर्ने नीति लिएको छ । यस्तै पुशमा लाग्ने रोग उपचारका लागि खोप उत्पादन गर्न ८५ करोड विनियोजन गरिएको छ । बाली तथा पशुबीमा प्रिमियममा २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया