सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन
मेरोन्यूज
२०८२ जेठ १५ गते १६:१२

काठमाडौं । सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गको सामाजिक सुरक्षा भत्ताका लागि सो रकम विनियोजन गरेका हुन् ।
सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गका लागि चालु आर्थिक वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सो क्षेत्रमा एक खर्ब आठ अर्ब ८१ करोड बढी रकम खर्च गरेको थियो ।
संघीय सरकारबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमसँग दोहोरो हुनेगरी प्रदेश र स्थानीय सरकारले कार्यक्रम सञ्चालन गर्न नपाइने अर्थमन्त्री पौडेलले बताए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया