आज थप ४ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्दै

काठमाडौं । कोरोनाका गम्भीर विरामीहरुलाई प्रयोग हुने रेम्डेसिभिर इन्जेक्सनको थप ४ हजार भाइल आज काठमाडौँ आइपुग्ने भएको छ । औषधि व्यवस्था विभागले इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउने अनुमति दिएपछि आयत प्रक्रिया शुरु गरेको आयान हेल्थकेयर प्रालिले आज ४ हजार भाइल रेम्डेसिभिर काठमाडौँ भित्र्याउन लागेको हो ।
आयानका अध्यक्ष मोह्मद सानी ठकुराईले बंगलादेशबाट एक साता अघि नै औषधि बोकेको गाडी हिडे पनि सार्वजनिक विदा र अन्य विविध कारणले औषधि आइपुग्न केही ढिलाई भएको बताए ।
उनले थप औषधि आगामी साता भित्रै ल्याई पुर्याउँने बताए । सो कम्पनीलाई विभागले अहिले थप २५ हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिईसकेको छ ।
दुई दिन अघि मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो । सो औषधि आएकै दिन अधिकांश उपत्यकाका अस्पताल र केही उपत्यका बाहिरका अस्पतालमा वितरण गरिएको थियो ।










सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया