आज थप ४ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्दै

काठमाडौं । कोरोनाका गम्भीर विरामीहरुलाई प्रयोग हुने रेम्डेसिभिर इन्जेक्सनको थप ४ हजार भाइल आज काठमाडौँ आइपुग्ने भएको छ । औषधि व्यवस्था विभागले इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउने अनुमति दिएपछि आयत प्रक्रिया शुरु गरेको आयान हेल्थकेयर प्रालिले आज ४ हजार भाइल रेम्डेसिभिर काठमाडौँ भित्र्याउन लागेको हो ।
आयानका अध्यक्ष मोह्मद सानी ठकुराईले बंगलादेशबाट एक साता अघि नै औषधि बोकेको गाडी हिडे पनि सार्वजनिक विदा र अन्य विविध कारणले औषधि आइपुग्न केही ढिलाई भएको बताए ।
उनले थप औषधि आगामी साता भित्रै ल्याई पुर्याउँने बताए । सो कम्पनीलाई विभागले अहिले थप २५ हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिईसकेको छ ।
दुई दिन अघि मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो । सो औषधि आएकै दिन अधिकांश उपत्यकाका अस्पताल र केही उपत्यका बाहिरका अस्पतालमा वितरण गरिएको थियो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया