मैत्रीपूर्ण महिला फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा आज सम्पन्न खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गर्यो ।
खेलको ५९औँ मिनेटमा थाइल्यान्डले पहिलो गोल गर्दै अग्रता लिएको थियो । थाइल्यान्डकी चात्चावान रोडथोङले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यसैगरी खेलको ७४औँ मिनेटमा दोस्रो गोल गर्यो ।
थाइल्यान्डकी कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल थाईल्यान्डसँग २–० गोलअन्तरले पराजित भयो । यसअघि शुक्रबार भएको खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो ।
थम्मासत रङ्गशालामा विद्युतीय समस्या देखिएका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिला सञ्चालन भएको थियो । उक्त खेल नेपाली समयअनुसार ४ः४५ बजे सुरु हुने तालिका थियो ।
उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । महिला एसियन कप फुटबल यही जुन २९ तारिखदेखि हुँदैछ । एसिनय कप छनोटमा नेपाली महिला टोली समूह एफमा परेको छ । नेपालको समूहमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंका छन् ।
















इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया