यातायात बन्दको समयमा पनि सवारी सेवा निरन्तर सुनिश्चित गरिरहेका छौँ : इन्ड्राइभ

काठमाडौँ । राइड सेयरिङ कम्पनीले यातायात बन्दको समयमा पनि यात्रुहरूलाई निरन्तर सवारी सेवा उपलब्ध गराइरहेको जनाएको छ।
देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै सहयोग गरिरहेको एक विज्ञप्तिमार्फत इन्ड्राइभले जनाएको हो।
‘सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने हाम्रो प्रयासको मुख्य आधार हाम्रो बिडिङ (मोलमोलाई) मोडल हो। इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आँफैलाई भाडादर तय गर्ने अधिकार दिन्छ’, कम्पनीले भनेको छ, ‘यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन्। सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।’
इनड्राइभको ‘ फेयर प्राइस’ मोडलले नेपालको राइड-हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिएको बताउँदै इन्ड्राइभले यसले यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराउने उल्लेख गरेको छ।
‘हालको यातायात बन्दको अवस्थामा पनि, हाम्रो प्लेटफर्ममा दशौं हजार चालकहरू छन्, जसले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका छन्। हामी चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास गर्छौं र त्यसलाई व्यवहारमा पनि उतारिरहेका छौँ’, कम्पनीले भनेको छ, ‘यही सन्दर्भमा, हामीले चार-पाङ्ग्रे सवारी साधन (कार) का चालकहरूलाई पिक-आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिसन सुविधा उपलब्ध गराएका छौँ।’
यसले चालकहरूको आम्दानी बढाउनेछ भने यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउने इन्ड्राइभले उल्लेख गरेको छ। साथै, मोटरसाइकल चालकहरूका लागि पनि कम्पनीले विभिन्न बोनस योजना सञ्चालन गरिरहेको र यसको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर रुपमा दिइरहेको कम्पनीले जनाएको छ।
यात्रुहरूका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू हुन नसके पनि यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया