नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजिकरण र लगानी अभिवृद्धिकालागि छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तन विरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो । राजदूत न्होकोमोसंग चेम्बर अध्यक्ष अग्रवालले नेपाल र जिम्बावेबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ४ दशक पुगे बताए ।
असंलग्न नीति, जलवायु परवर्तन जस्ता महत्वपुर्ण विषयहरुमा अन्तर्राष्ट्रिय मञ्चहरुमा दुवै देशले सहकार्य गर्दै आएको बताउँदै उनले अब आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्ष अग्रवालले नेपालमै आवासीय राजदूतावास खोल्नका लागि पहल गर्न समेत राजदूत न्होकोमोेसंग प्रस्ताव गरे । दुवै देशमा आवासीय राजदूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तन विरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
दुवै देशलाई फाईदा पुग्ने गरी दुई पक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाइ छ । नेपाल, जिम्बावेबीचको निजी क्षेत्रबीच बी टु बी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालले जनाए । नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चितता रहेकोमा अध्यक्ष अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘नेपालले अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउँदा दक्षिण एसियामा नै भारतपछि दोस्रो स्थानमा रेटिङ बीबी माईनस प्राप्त गर्नु हामी निजी क्षेत्रका लागि सुखद् कुरा हो ।’
उनले हाईड्रोपावर, पर्यटन लगायतका क्षेत्रका लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे । आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त गरेको उनले जनाए । चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत न्होकोमोले नेपालमा आवासीय राजदूत खोल्नुपर्ने विषयमा आफु गम्भिर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्बावेका निजी क्षेत्रसंग पहल गर्ने समेत बताए । नेपालको सगरमाथाले आफुलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकामा जोड दिए । दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफुले पहल गर्ने उनको भनाइ छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया