इसेवा र पेरू रेमिटबीच सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र अष्टे«लियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज भएको छ । नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ ।
सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला ले भने,“पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्टे«लियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तराष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पु¥याउने छ ।”
यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले ‘अष्टे«लिया बसी हमी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झट र पुग्छ की पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र बैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक इसेवासँग सहकार्य गरि पेरू रेमिट अष्टे«ेलियाको रेमिट्यान्स् सेवा आएका छौँ ।”
पेरू रेमिट अष्टे«लियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो, जहाँबाट अष्टे«लियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सकिन्छ । पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स् पठाउन सकिने सेवा दिँदै आएको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

















मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
22 candidates open bank accounts for election purpose
आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
6 days to HoR election: Alcoholic products sale and consumption to be banned
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया