‘फेस अफ नेपाल २०२५’ सुरू, हट्यो उचाइको मापदण्ड

काठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन्।
यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन्।
फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरू पछि पर्नु नपरोस् भनेर यस बर्षबाट उचाईको मापदण्ड हटाइएको जानकारी दिइन्।
उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत रहेको जानकारी गराइन्।
यसपटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन्। पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए। उनीहरूले २०२४ को विजेता भइसके पछाडि आफूहरूमा आएको परिवर्तन बारे पनि सुनाएका थिए।













सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया