तारा अधिकारीको तेस्रो एल्बम तस्बिर सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम तस्बिर राखेकी छन् । उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो ।
तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ ।
पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ ।
त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गरिन् । तारा भन्छिन्–“मेरो प्रेरणाको स्रोत नै मेरी आमा हुन्, जसको कविता सुनेर, पढेर यो ठाउँमा उभिन सक्ने साहस बटुल्न सकेको छु ।”
एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । गुलेलीमा, पछ्यौरी र पराईको सिन्दुर गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् । लाली ओठैमा गीतको भिडियो रमेश थापाको निर्देशनमा तयार भएको छ ।
गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की, पराईको सिन्दुरमा जिवन भट्टराई र तारा अधिकारी, पछ्यौरीमा निराजन प्रधान र सुशिला थापा तथा लाली ओठैमा पल शाह र गरिमा शर्माको अभिनय छ । तस्विर एल्बमको कभर डिजाइन नहकुल खड्काले गरेका हुन् ।
















पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया