न्यूटनभन्दा पहिल्यै गुरुत्वाकर्षणबारे हाम्रा भाष्कराचार्य बोलेका थिए : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन् । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरूले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे ।
‘नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं.१२१० मा निकालेका थिए’, कुलपति ओलीले भने, ‘पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरू विश्वमा कमजोर हुन सक्दैनन् ।’
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मिहिनेत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताए ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया