गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ

दमौली (तनहुँ)।उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन् ।
काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् । त्यसो त यो र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो ।
लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बताउछन् । “र्याफ्टिङका लागि यो अनुकूल समय हो, वर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन”, उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले र्याफ्टिङ गर्नेहरु बढेका छन् ।”
बिदाका दिन आउने, र्याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरु बढेको उहाँको भनाइ छ । उहाँका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरु आउने गरेका छन् । “कतिपय मानिसहरु काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्याफ्टिङ गरेर जानेहरु हुन्, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरु हुन्”, उनले भने । यहाँ आउनेहरु गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ ।
त्रिशूली नदीमा र्याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्याफ्टिङ गर्न सक्छन् । “र्याफ्टिङ सबै उमेर समूहका लागि हो”, सञ्चालक कँडेलले भने । र्याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्याफ्टिङ गर्दा र्यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया