बुधबार, फागुन २०, २०८२

राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

मेरोन्यूज २०८२ जेठ २९ गते १०:२७

गलकोट (बागलुङ)। साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कार्यक्रमअनतर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकामा गत आवमा सूचीकृत २३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरुले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार ४०० मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र ३५० मिटर सडक सोलिङ गरेका हुन् । बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र्र गौतमका अनुसार यस वर्ष छ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ ।

नगरपालिका–३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने २५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ । बागलुङ नगरपालिका–५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको २५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो । साथै नगरपालिका–८ को ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिरसम्मको ४५० मिटर पदमार्ग ढलान गरिएको छ ।

प्रतिक्रिया