बालेन र सुनिताको लामो समयपछि भेट, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेट भएको छ । बुधबार महानगरकाे कार्यालयमा वडाध्यक्षसहित उनीहरुबीच भेटवार्ता भएको हो ।
छलफलमा वडा-१७ का वडाध्यक्ष नवीन मानन्धर, वडा-३२ का वडाध्यक्ष नवराज पराजुली र वडा-१५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए । उनीहरुबीच २ घण्टा छलफल भएको थियो । बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् ।
बुधबारै अपराह्न करिब ४ बजेतिर मेयर र उपमेयरबीच छुट्टै भेटवार्ता भएको थियो । आज पनि उनीहरूबीच भेटवार्ताको तयारी रहेकाे बुझिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयरबीचको दूरी बढेको थियो । विवाद सिर्जना भएसँगै उनीहरुकाे करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन ।
आन्तरिक विवादकै कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बसेको छैन ।
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया