विमान दुर्घटना हुनु ठिक अघि पाइलटले दिएका थिए यस्तो संकेत

काठमाडौं । गुजरातको अहमदाबादमा बिहीबार एउटा ठूलो विमान दुर्घटना भएको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको हो ।
विमानमा लगभग २४२ जना सवार रहेको बताइएको छ। यसैबीच, विमान दुर्घटनाकोबारे महत्त्वपूर्ण जानकारीप्राप्त भएकाे छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दुर्घटना हुनुभन्दा ठीकअघि विमानका पाइलटले नजिकैको एटीसीलाई संकेत पठाएका थिए, जसले खतराको संकेत गरिरहेको थियो र त्यसको केही क्षण पछि विमान दुर्घटनाग्रस्त भयो।
डीजीसीएले दिएकाे जानकारी अनुसार विमानले अहमदाबाद विमानस्थलको रनवे २३ बाट दिउँसो १:३९ बजे उडान भरेको थियो। उडान भर्ने बित्तिकै, यसले नजिकैको एटीसीलाई मेडे कल गर्यो, तर त्यसपछि विमानले एटीसीलाई कुनै संकेत दिएन। र उडान सुरु भएको केही सेकेन्डमै, विमान विमानस्थल परिसर बाहिर खस्यो।
विमानमा २ पाइलट र १० क्याबिन क्रू सहित कुल २४२ जना सवार थिए। विमानका क्याप्टेन सुमित सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव थियो । सह–विमान चालक (को–पाइलट) सँग १,१०० घण्टाको उडान अनुभव थियो ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया