आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै मोसो प्रहार
मेरोन्यूज
२०८२ जेठ २९ गते १७:२६

काठमाडाैं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो प्रहार भएको छ।
अफताब आलमलाई सफाइ दिएको भन्दै क्रान्तिकारी युवा संगठन, नेपाल नामक संगठनका व्यक्तिले बिहीबार दिउँसो इजलासमै पुगेर यसरी मोसो प्रहार गरेका हुन् । मोसो दलेर उनीहरुले नेकपा बहुमत जिन्दावाद भन्दै नारा समेत लगाएका थिए।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम विस्फोटमा परेका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए।
जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले उक्त घटना नै नभएको भन्दै सफाइ दिएको थियो। त्यसलगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।
सम्बन्धित
















स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया