आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै मोसो प्रहार
मेरोन्यूज
२०८२ जेठ २९ गते १७:२६

काठमाडाैं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो प्रहार भएको छ।
अफताब आलमलाई सफाइ दिएको भन्दै क्रान्तिकारी युवा संगठन, नेपाल नामक संगठनका व्यक्तिले बिहीबार दिउँसो इजलासमै पुगेर यसरी मोसो प्रहार गरेका हुन् । मोसो दलेर उनीहरुले नेकपा बहुमत जिन्दावाद भन्दै नारा समेत लगाएका थिए।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम विस्फोटमा परेका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए।
जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले उक्त घटना नै नभएको भन्दै सफाइ दिएको थियो। त्यसलगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।
सम्बन्धित
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया