भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु
मेरोन्यूज
२०८२ जेठ ३० गते १९:४२

भोजपुर। भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । गुप्तेश्वर घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो ।
विवादमा पत्नी सुमित्राले पतिमाथि कुटपिट गरेको र उनको सोही कारण मृत्यु भएको विषयमा थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिमिल्सिनाले बताए ।
सम्बन्धित

















इरान–इजरायल युद्ध फैलिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया