मुख्यमन्त्री कार्की र चीनका राजदूत सोङबीच भेटवार्ता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोङबीच शुक्रबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्कीसँग राजदूत सोङको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।
भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न राजदूत सोङलाई आग्रह गरे । उनले किमाथाङ्का–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
सो अवसरमा राजदूत सोङले प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । राजदूत सोङले किमाथाङ्का क्षेत्रमा चीन तर्फको सडक निर्माण सम्पन्न भएको र नेपालतर्फ काम हुन नसकेको विषयमा जिज्ञासा राखेका थिए ।
उनले नेपालतर्फको भागमा निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । राजदूत सोङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन् । उनले इलामलगायत प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरीक्षण गरेका थिए ।
















सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया