कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए ।
“हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गर्नुका साथै ४० वटा शव फेला पारेका छौँ । अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्,” उनले एएफपीसँग भने । यसैबीच, उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए । उनले भने, “हिजो हामीले ५२ वटा शव फेला पारेका थियौँ, आज बिहान थप दुई जना मृत शरीर शव फेला परेका छन् ।”
उक्त डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो । प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुङ्गाले एक्कासी ठूलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए । दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको उनीहरूले बताए ।
एमपुटुका अनुसार डुङ्गामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुङ्गामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तर दशकौँदेखिको द्वन्द्वको चपेटामा परेको अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ताल र नदीमा बारम्बार डुङ्गा दुर्घटनाको पीडा व्यहोर्नेगरेको छ । यात्री सूचीको अनुपस्थितिले प्रायः खोजी र उद्धार कार्यलाई जटिल बनाउँदछ र मृत्युको सही सङ्ख्या पुष्टि गर्न असम्भव बनाउँछ।
















Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा
31 days left for HoR Polls: Printing of 3 million ballot papers for FPTP system completed
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया