तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट

पोखरा, ३१ जेठ । तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरू हुदैँछ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ ।
गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा रहेको उनले जानकारी दिएका छन् ।
दुबै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिबार दुई खेल हुनेछ । पहिलो खेल स्याङ्जा र म्याग्दीबिच बिहान ९ बजेबाट सुरु हुनेछ ।
शनिबार नै दोस्रो खेल तनहुँ र बागलुङबिच हुनेछ । उक्त खेल दिउँसो १ः०० बजेबाट सुरु हुने जनाइएको छ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन भने सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिनेछ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया