तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट

पोखरा, ३१ जेठ । तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरू हुदैँछ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ ।
गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा रहेको उनले जानकारी दिएका छन् ।
दुबै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिबार दुई खेल हुनेछ । पहिलो खेल स्याङ्जा र म्याग्दीबिच बिहान ९ बजेबाट सुरु हुनेछ ।
शनिबार नै दोस्रो खेल तनहुँ र बागलुङबिच हुनेछ । उक्त खेल दिउँसो १ः०० बजेबाट सुरु हुने जनाइएको छ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन भने सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिनेछ ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया