दक्षिणी अमेरिकी टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
मेरोन्यूज
२०८२ जेठ ३१ गते १३:०८

एएफपी । दक्षिणी अमेरिकी राज्य टेक्सासमा आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु भएको छ । केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षापछि सडकहरूमा बाढी आउँदा सवारी साधनहरूसमेत अवरुद्ध भएको जनाइएको छ ।
सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन ।
सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताएका छन् । सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् ।
वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन ।
सम्बन्धित

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया