विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने अनेरास्ववियुको निर्णय

काठमाडौँ । अनेरास्ववियुले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको अनेरास्ववियुको पहिलो बैठकले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने निर्णय गरेको अध्यक्ष डा सुजन कडरियाले जानकारी दिए ।
शिक्षामा रहेको वर्गीय र संस्थागत विभेदको अन्त्य गर्दै, शिक्षाजस्तो आधारभूत हकलाई निजीकरणको दुश्चक्रबाट मुक्त गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित हुने नीतिगत अभियानमा अडिग रहने प्रतिबद्धता जनाइएको उgले बताए । बैठकले चार सचिवको कार्यविभाजनसमेत गरेको छ ।
अध्यक्ष डा कडरियाका अनुसार आर्थिक सचिवमा आकाश घर्तिमगर, सङ्गठन सचिवमा गोपाल नेपाल, प्रचार सचिवमा समिमबाबु खान र विदेश सचिवमा रचना सापकोटालाई जिम्मेवारी दिइएको छ । कडरियाले ३२ वर्षमुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ पाएको धारणा राखे।
अनेरास्ववियुमा उमेर हद लागू भएपछि ‘जेन जी’ पुस्तासँग सङ्गठनलाई जोड्ने कामले औपचारिक मान्यता पाएको उनले बताए। बैठकले नेपालको जनसङ्ख्यामा युवाको अनुपात उच्च रहेकाले यसलाई राष्ट्रनिर्माणमा क्रियाशील बनाउने र स्वदेशमा रोजगारीका अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ न्यूनीकरण गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बिहीबार राति सम्पन्न निर्वाचनबाट डा कडरियाको नेतृत्वमा एक सय ५१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको थियो ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया