अस्पतालमा बेड खोज्दै गर्दा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २४ गते ११:२९
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य नवीन थापामगरको मृत्यु भएको छ । उनको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गएराति मृत्यु भएको हो ।
नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापालाई ७ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएको हो । अस्पतालमा बेड अभाव हुँदा होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि घरमा नै अक्सिजन दिएर राखिएको थियो ।
उनको स्वास्थ्य थप जटिल भएपछि भैरहवास्थित अस्पताल लैजान क्रममा एम्बुलेन्समा मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले जानकारी दिए । यसअघि बुटवलमा एक जना वडा सचिवको कोरोनाबाट मृत्यु भएको थियो ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया