दुई दिनमा एअर इण्डियाकाे तेस्राे विमानमा पनि प्राविधिक समस्या

भारत । अमेरिकाकाे सान फ्रान्सिस्कोबाट मुम्बई गइरहेकाे एयर इन्डियाको उडानमा आज प्राविधिक समस्या देखिएकाे छ । कोलकाता विमानस्थलमा अवतरण भई मुम्बई गइरहेको विमानमा मंगलबार बिहान समस्या देखिएपछि एअर इन्डियाले यात्रुहरू ओरालेको छ । उडान नम्बर AI180 कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२००LR (वर्ल्डलाइनर) विमान मङ्गलबार बिहान १ बजे कोलकाता आइपुगेकाे थियाे । बिहान २:०० बजे मुम्बईका लागि उडान भर्नु पर्ने थियो। विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण टेकअफ ढिलो भयो। त्यसपछि बिहान ६ बजेतिर क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओर्लन भने। उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए ।
यसअघि सोमबार हङकङबाट दिल्ली आउने एउटा उडान र दिल्लीबाट राँची जाने एयर इन्डियाका दुई उडानहरूमा समेत समस्या देखिएकाे थियाे । हङकङबाट दिल्ली आउने एयर इन्डियाको उडान (नम्बर AI315)मा प्राविधिक समस्या देखिएपछि हङकङ फर्किनुपरेकाे थियाे । यसमा प्राविधिक गडबडी भएको रिपोर्ट गरिएको थियो। यो उडान बोइङ ७८७-८ ड्रीमलाइनरको थियो। यस्तै साेमबारनै दिल्लीबाट राँची जाने एयर इन्डिया एक्सप्रेसको उडान शंकास्पद प्राविधिक समस्याका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काइएको थियो।
बोइङ ७३७ म्याक्स ८ विमान साँझ ६:२० बजे राँचीको बिरसा मुन्डा विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। यसरी २ दिनका बिचमा एअर इन्डियाकाे ३ विमानमा समस्या आउनु र गत बिहीबार विमाननै दुर्घटनामा पर्नुले भारतकाे उड्यन क्षेत्रमा व्यापक निराशा ल्याएकाे छ । गत बिहीबार एअर इन्डियाकाे भारतकाे अहमदाबादबाट बेलायतकाे लण्डना लागि उडेकाे जहाज दुर्घटना हुँदा जहाजमा रहेका २४१ र दुर्घटनास्थलमा रहेका ३४ गरि २७५ जनाकाे मृत्यु भएकाे थियाे ।

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया