इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएका छन् । “इजरायली ड्रोनहरूले नागरिकहरूमा गोली हाने ।
केही मिनेटपछि इजरायली ट्याङ्कहरूले नागरिकहरूमा धेरै गोली हाने, जसले गर्दा ठूलो सङ्ख्यामा शहीद र घाइते भए” उहाँले भन्नुभयो । इजरायली सेनाले एएफपीलाई उक्त घटनाको ‘जाँच’ गरिरहेको बताएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछि घटनाको परिणाम स्वरूप ‘५१ जना शहीद र दुई सयभन्दा बढी घाइते नासेर मेडिकल कम्प्लेक्समा आइपुगेका छन्, जसमा २० जनाको अवस्था गम्भीर छ’ भनेको छ ।
गाजा पट्टी इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच २० महिनाभन्दा बढीको युद्धले ध्वस्त भएको छ र जमिनमा स्थिति निरन्तर बिग्रिरहेको छ । हमासद्वारा प्रशासित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार इजरायलले मार्च १८ मा युद्धविरामपछि यस क्षेत्रमा आक्रमण पुनः सुरु गरेदेखि पाँच हजार एक सय ३९ जनाको मृत्यु भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्युको सङ्ख्या ५५ हजार चार सय ३२ पुगेको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया