विराट र अनुष्काले दिए झण्डै ३ करोड सहयोग

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरुस (कोभिड–१९)बाट बच्न र बचाउनका लागि भारतका चर्चित जोडी सहयोग अभियानमा लागेका छन् । भारतीय क्रिकेटर विराट कोहली र कलाकार अनुष्का शर्माको जोडीले कोडिभ १९ को नयाँ भेरियन्ट न्यूनीकरण गर्न सहयोग अभियान सुरु गरेका हुन् ।
अभियानमा उनीहरुले २ करोड भारतीय रुयियाँ अर्थात २ करोड २० लाख रुपैयाँ सहयोग स्वरुप दिएका छन् । उनीहरुले कम्तिमा ७ करोड भारतीय रुपियाँ संकलन हुने अपेक्षा गरेका छन् ।
एक हप्ता चल्ने उनीहरुको सहयोग संकलन अभियानबाट संकलित रकमलाई एक्सन कोभिड १ टोलीलाई हस्तान्तरण गर्ने उनीहरुले बताएका छन् । एक्सन कोभिड १ टोलीले अक्सिजन, मेडिकल, खोपलगायत प्रदान गर्दै आइरहेको छ ।
कोरोनाबाट मुक्ति भएर सन्तुष्टताका लागि सहयोग अभियान थालेको बताउँदै क्रिकेटर कोहलीले ट्वीटरमार्फत श्रीमती अनुष्कासँग मिलेर सुरु गरेको अभियानमा सबैको साथ हुने अपेक्षा गरेका छन् । साथमा अनुष्काले पनि सहयोगको अपिल गरेकी छन् ।
कोभिड सुरु भएको गत वर्ष पनि ५५ जना भारतीय चर्चित व्यक्तिहरु एसीटी अनुदान नाम राखेर सहयोगको अभियानमा अघि बढेका थिए । जसबाट १ अर्ब भारतीय रुपियाँ संकलन भएको थियो ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया