औलोका सात बिरामी भेटिए

चितवन । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।
औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो ।
पन्ध्र वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए। यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।
उनका अनुसार अहिले औलो रोग निवारण गर्नेगरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा पी भाइभाक्स परजिवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजिवी भेटिने गरेको उनले बताए ।
औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उहाँले बताए ।

















निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया