एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेट हुन सकेन

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच हुने भनिएको भेट रोकिएको छ । एमाले स्रोतका अनुसार दुई नेताबीच एमाले पार्टी मुख्यालय बबरमहलमा निर्णायक वार्ता हुने जनाएको थियो ।
यसअघि आज ११ बजे पार्टी कार्यालय बबरमहलमा दुई नेताबीच भेट्ने कुरा सञ्चारमाध्यममा आएपछि ठूलो संख्यामा पत्रकारहरू एमाले पार्टी कार्यालय पुगेका थिए । तर, घण्टाैँ कुर्दा पनि कार्यालयमा कोही नेता नआएपछि पत्रकार फर्किन थालेका छन् । एमाले नेता सुवास नेम्वाङसँग यस विषयमा बुझ्न खोज्दा उनले भने, ‘दुर्ई नेताबीच वार्ता हुने भनिएको छ, तर कहाँ र कति खेर हुने भन्ने कुनै टुंगो लागेको छैन ।’
ओली र नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भनिएको थियो । तर, कहाँ भेट्ने भन्ने विषयमा कुरा नमिल्दा भेट हुन सकेको थिएन । बिहीबार अध्यक्ष ओली र नेता नेपालले राष्ट्रिपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
एमालेमा गत फागुन २७ गतेदेखि विवाद हुँदै आएको छ । यसैबीच आगामी २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने बताएपछि पार्टीका शीर्ष नेताहरूको भेटघाट बढ्दै गएको हो ।










४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया