रौतहटमा अवैध ४५ लाखको समानसहित ट्रक बरामद

रौतहट। रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे तिर चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर नजिकै चेकजाँचका क्रममा सो ट्रकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।
अनुमानित ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सरसामान बिना कागजात राखिएको भन्दै प्रहरीले सो सम्बन्धमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी दिपक कुमार रायले आवश्यक करछलीको अनुसन्धानको लागि ट्रक र सामान सम्बन्धित निकायमा बुझाइएको न्युज कारखानालाई बताए ।
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया