अञ्जिलाको कप्तानीमा एएफसी एसियन कप छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौँ । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् । त्यस्तै डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा रहेको छ । समूह एफमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया