गणित बोलौं ! केवल ५ दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

काठमाडौँ । नेपालको शैक्षिक क्षेत्रमा निरन्तर नयाँ प्रयोगको आवश्यकता झनै तीव्र हुँदै गएको छ । विशेष गरी गणितजस्तो विषय, जुन प्रायः विद्यार्थीहरूका लागि डरको कारण बन्छ, त्यसलाई रमाइलो, स्पर्श गर्न मिल्ने र जीवन्त रूपमा प्रस्तुत गर्न सक्ने माध्यमको खोजी भइरहेका बेला एक ऐतिहासिक पहल सुरु भएको छ— गणित संग्रहालय ।
Embark UnMath नामक संस्थाले नेपालमै पहिलोपटक सुरु गरेको यो संग्रहालय कार्यक्रम पारम्परिक पाठ्यपुस्तक शिक्षण विधिलाई चुनौती दिंदै विद्यार्थीलाई केन्द्रमा राखी, ‘गर्नुहोस् र सिक्नुहोस्’ भन्ने सैद्धान्तिक सोचमा आधारित छ । पाँच दिन र आठ हप्ताको सहभागितामूलक प्रक्रिया अन्तर्गत, यो संग्रहालय कार्यक्रमले केवल शिक्षण पद्धति मात्रै होइन, विद्यालयकै वातावरणलाई रुपान्तरण गर्ने प्रयास गरेको छ ।
अन्वेषणदेखि उद्घाटनसम्मको यात्रा
गणित संग्रहालयको यात्रा तीन प्रमुख चरणमा अघि बढ्छ । पहिलो चरण …EXPLOREÚ ’ मा विद्यालयको वातावरण, कक्षाहरू, खुला स्थान र विद्यार्थीको सन्दर्भमा संभावनाहरूको खोजी गरिन्छ । संग्रहालयका प्रदर्शनीहरू कहाँ र कसरी मिलाएर राख्न सकिन्छ भन्ने मूल्यांकन यही चरणमा हुन्छ । यसले विद्यालयलाई आफ्नै ठाउँ र स्रोतको पुनः मूल्याङ्कन गर्न प्रेरित गर्छ ।
अर्को चरण …INSTALLATIONÚ ’ मा संग्रहालयका वस्तुहरू विद्यालयका विभिन्न कुनामा जडान गरिन्छ । ग्लःबतज टिमले तयार पारेका विशिष्ट उपकरण, खेलहरू, पजलहरू र गणितीय अवधारणा प्रस्तुत गर्ने संरचनाहरू विद्यालयका भित्ता, कोठा वा खुला स्थानहरूमा स्थापना हुन्छन् । यो चरणले विद्यालयमा चहलपहल र कौतूहलको वातावरण सिर्जना गर्छ ।
तेस्रो चरण, जुन सबैभन्दा उत्साहजनक छ त्यो, LET’S SPEAK MATHÚ हो । यही दिन संग्रहालयको औपचारिक उद्घाटन पनि हुन्छ । यस चरणमा अभिभावक, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिन्छ, र विद्यालयमा गणितको उत्सवझैँ रमाइलो वातावरण सृजना हुन्छ । गणित पढाइको विषय मात्र होइन, प्रस्तुतीकरण र अनुभवको विषय हो भन्ने सन्देश यही दिन प्रवाह हुन्छ ।
विद्यार्थी–शिक्षकको सहयात्रा
यो कार्यक्रम कुनै पनि विद्यालयमा सफलतापूर्वक लागू गर्न विद्यालयको सक्रिय सहभागिता आवश्यक पर्छ । कम्तीमा १० जना उत्साही विद्यार्थीहरूको छनोट, उपयुक्त स्थानको व्यवस्था, एक समन्वय शिक्षकको तोक तथा कार्यक्रमको पूर्वतयारीमा निरन्तर सहयोग — यी सबै पक्षहरू विद्यालयले सुनिश्चित गर्नुपर्छ ।
कार्यक्रम सकिएपछि पनि ग्लःबतज टिम ६ महिनासम्म निरन्तर सम्पर्कमा रहनेछ, ताकि संग्रहालयका सामाग्रीहरू शिक्षण प्रक्रियामा पूर्ण रूपमा समावेश हुन सकून् । यसले सुनिश्चित गर्छ कि कार्यक्रम एकदिने उत्सवमा मात्र सीमित नहोस्, बरु दीर्घकालीन रूपान्तरणको माध्यम बनोस् ।
गणितः अनुभव, उत्सव र उत्प्रेरणा
गणित संग्रहालयको मूल मर्म भनेको गणितलाई केवल अंकको खेल नभई जीवनसँग गाँसिएको र प्रयोगमा ल्याउन सकिने विषयका रूपमा प्रस्तुत गर्नु हो । विद्यार्थीहरूले हातले छुन मिल्ने, बनाउने र चलाउने सामग्रीहरूबाट गणितीय अवधारणाको व्यावहारिक अनुभव लिन्छन् । यस प्रक्रियामा उनीहरूको नेतृत्व क्षमता, संवाद कला र सृजनशीलता बढ्छ ।
यति मात्र होइन, शिक्षकहरूका लागि पनि यो संग्रहालय नवीन शिक्षण सामग्री र दृष्टिकोण ल्याउने माध्यम बन्छ । यसले उनीहरूको शिक्षण पद्धतिमा विविधता ल्याउँछ र परम्परागत ‘कक्षा–पाठ्यपुस्तक–परीक्षा’ चक्रमा सुधार ल्याउँछ ।
विद्यालयको नयाँ पहिचान
गणित संग्रहालयले विद्यालयलाई एक सामान्य शैक्षिक संस्थाभन्दा बढी, एक नवप्रवर्तनशील र सामुदायिक रूपमा संलग्न शिक्षालय बनाउँछ । विद्यार्थीको संलग्नता बढाउँछ, अभिभावकसँगको सम्बन्ध बलियो बनाउँछ र विद्यालयलाई नेतृत्वदायी सोच राख्ने संस्थाको रूपमा चिनाउन मद्दत पु¥याउँछ ।
अन्त्यमा, यदि तपाईं शिक्षक, विद्यालय सञ्चालक वा अभिभावक हुनुहुन्छ भने, गणित संग्रहालय तपाईंकै लागि हो । यो केवल विषय परिवर्तनको कुरा होइन — यो मानसिकता परिवर्तनको यात्रा हो । जहाँ विद्यार्थीहरूले गणितलाई मात्र होइन, सिकाइको सम्पूर्ण अनुभवलाई आफ्नै भाषामा ‘बोल्न’ सिक्छन्


















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया