तीन दिने भक्तपुर औद्योगिक प्रवर्द्धन मेला सुरु

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीन दिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ ।
भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरू, माटोको भाडोहरु पौवा चित्रहरू, लत्ताकपडाहरू, विभिन्न जातका बिरुवाहरू, खाद्यान्नको प्रदर्शनी गरिएको संघका महासचिव नवीन प्रजापतिले जानकारी दिए ।
राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले आजबाट सुरु भएको तीन दिने मेला करिब ५५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरू, मेलामा स्थानीय खानाका स्टलहरू, रहेको महासचिव प्रजापतिले बताए ।
स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकला, मूर्ति बनाउने कार्य प्रत्यक्ष प्रदर्शनी हुने उनको भनाइ छ । मेलामा बालबालिकाहरूलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।
मेलामा भक्तपुर, काभ्रे र काठमाडौँका उद्यमीहरूको ४५ वटा स्टल रहेको र रु एक करोडसम्म बिमा व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो मेलाको उद्घाटन आज बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं गरे ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया