मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण छ : मन्त्री पाण्डे

पाटन (ललितपुर)। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण भएको बताएका छन् ।
स्यस्य समाज यल र ललितपुर महानगरपालिका–१६ को आयोजनामा आज मङ्गलबजारमा भएको निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं मस्तिष्क मृत्युपश्चात् मानव अङ्ग प्रत्यारोपण बारेमा सचेतना तथा सम्मान कार्यक्रममा मन्त्री पाण्डेले नेपाली डाक्टरहरूको अथक मेहनत, परिश्रम र लगनशीलताले विकसित देशहरूको तुलनामा मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यो गौरवको कुरा भएको बताए।
“मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले कीर्तिमानी कायम गरेको छ, यो हामी सबै नेपालीको लागि निकै गौरवको कुरा हो, हामीले स्वास्थ्य क्षेत्रमा जेजति उपलब्धि हासिल गरिरहेका छौँ, यसका लागि यो क्षेत्रमा क्रियाशील डाक्टरहरूको ठूलो मेहनत, परिश्रम, साधना, समर्पण जोडिएको छ, यस महत्त्वपूर्ण योगदानप्रति नेपाल सरकारबाट हार्दिक सम्मान प्रकट गर्न चाहान्छ,” उनले भने । समारोहमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर पुकारचन्द्र श्रेष्ठसहित विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया