खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा
मेरोन्यूज
२०८२ असार ७ गते १९:५२

अदानचुली । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।
पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका घोषणा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए।
पालिका क्षेत्रभित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने सामूहिक प्रतिबद्धता भएसँगै पालिकालाई बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिएको उनले उल्लेख गरे ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया