शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनशीप’का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम भएका कृष महर्जनलाई प्रधानमन्त्री ओलीले आज रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरे ।
नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको उक्त कार्यक्रममा पछिल्ला अन्तरराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदातालाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पत्ति रहेकाले शारीरिक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै देशवासीको स्वास्थ्य सबल बनाउन तयार पारिकएको स्वास्थ्य नीतिको मूल उद्देश्य निरोगी नेपाल भएकाले आरोग्यका लागि सबैले ध्यान दिर्नुुुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले अन्तरराष्ट्रिय प्रतियोगितामा विजयी भएर देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको बताए ।









सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
प्रतिक्रिया