गभर्नर पौडेलको सम्पत्ति : ७ कम्पनीमा १४ करोडको सेयर, ४५ तोला सुन

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले १४ करोडभन्दा बढी रकमको सेयर रहेको खुलाएका छन् ।
गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको विभिन्न ७ कम्पनीमा शेयर, दुई स्थानमा जग्गा, एउटा कार र सुन र विभिन्न बैंकमा नगद मौज्दात रहको उल्लेख छ ।
उनको सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जीलगायत कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको विवरणमा देखिएको छ । सेयरका साथै उनीसँग २० लाखभन्दा बढी नगद रहेको पनि खुलाएका छन् ।
पौडेलले श्रीमती प्रतिभा शर्मा र आफ्नो नाममा गरी २० लाखभन्दा बढी विभिन्न बैंकमा बचत रहेको उल्लेख गरेका छन् भने सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेका छन् ।
त्यसैगरी, आफूसँग ४५ तोला सुन र नवलपरासी, ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । पौडेलका अनुसार १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मूल्य रहेको छ भने नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।
साथै श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ पर्ने सुजुकी कार रहेको उनले खुलाएका छन् । सार्वजनिक पदधारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।




















मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया