सर्वोच्चले डा.मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो
मेरोन्यूज
२०८२ असार १२ गते १९:३८

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा.मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ ।
सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुईँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको आजको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए । डा.ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गरेका थिए ।
इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुईँकेलले जानकारी दिए । सर्वोच्चले डा.ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ ।
सम्बन्धित
















सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया