हतकडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा भागे
मेरोन्यूज
२०८२ असार १५ गते १७:०१

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् ।
आइतबार बयानका लागि अदालत पुर्याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् ।
थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएका हुन्। चोरी कसुरमा पक्राउ परेका उनलाई प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला ट्वाइलेट जाने निहुँमा हत्कडीसहित उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया