बुधबार, पुष १६, २०८२

हतकडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा भागे

मेरोन्यूज २०८२ असार १५ गते १७:०१

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् ।

आइतबार बयानका लागि अदालत पुर्‍याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् ।

थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएका हुन्। चोरी कसुरमा पक्राउ परेका उनलाई प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला ट्वाइलेट जाने निहुँमा हत्कडीसहित उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

प्रतिक्रिया