मेस्सीको टिमलाई हराउँदै अघि बढयो मेस्सीको पुर्व क्लब

काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी)ले घरेलु टोली इन्टर मियामीविरुद्ध ४–० को सहज जित निकालेको छ ।
यो जीतसँगैँ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
आइतबार मार्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे पनि थप एक गोल भने आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।
खेलको छैटौं मिनेट मै नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो भने फाबियन रुइसको पासलाई सदुपयोग गर्दै नेभेसले नै ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
टोमस एभिलेसबाट आत्मघाती गोल हुन पुग्दा ४४औं मिनेटमा पिएसजीको अग्रता ३–० मा पुग्यो भने हाकिमीले ४८औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए ।
पिएसजी मेस्सीकाे पुर्व क्लब हाे, जुन छाडेर उनी इन्टर मियामीमा प्रवेश गरेका थिए । तर, पहिलाे पटक मेस्सी अाफ्नै पुर्व क्लबवाट पराजित हुन पुगे ।








एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया